News Portal

  • प्रधानमन्त्री प्रचण्ड भोलि विश्वासको मत लिँदै 

    सुनौलो पोष्ट संवाददाता२०८१ आषाढ २८
    १३५ पटक

     

     

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सदनबाट विश्वासको मत लिँदैछन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

     

    प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरिसकेका छन् ।

     

    संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

     

    प्रचण्डलाई २१ सीट रहेको रास्वपा, १० सीट रहेको नेकपा एकीकृत समाजवादी र एक सीट रहेको आम जनता पार्टी आजपाको समर्थन देखिन्छ । आजपाका अध्यक्ष प्रभु साह प्रचण्डका विश्वासपात्र नेता हुन् । विगतमा माओवादी केन्द्रमै रहेका उनी एमाले हुँदै हाल आजपाको नेतृत्वमा छन् । मधेश प्रदेशमा राम्रो प्रभाव जमाएका साह आगामी दिनमा माओवादी केन्द्रसँग सहकार्य गर्ने रणनीतिका साथ प्रचण्डलाई साथ दिने निर्णयमा पुगेका हुन् ।

     

    एमाले, कांग्रेससहित, जसपा नेपाल, जसपा, राप्रपा, लोसपा, नाउपा र जनमतसहितका केही स्वतन्त्र सांसद नयाँ सत्ता गठबन्धनको पक्षमा उभिएपछि प्रतिनिधि सभामा दलीय हैसियत पनि फेरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्