News Portal

  • उपाध्यक्ष अल्किना बम सी लिड्स आइकनको प्रतिस्पर्धामा

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र २५
    ७२२ पटक

     

    काठमाडौं/ कालिकोटको पाचाल झरना गाउँपालिका उपाध्यक्ष अल्किना बम `सी लिड्स आइकन´ को प्रतिस्पर्धीमा छनोट भएकी छन्। साेमबार कल्प इम्पावर वेमेनले पत्रकार सम्मेलन गर्दै बम लगायत २७ जनाको नाम सार्बजनिक गरेको हो।

    १४० वटा प्राप्त आवेदन मध्ये २७ वटा महिला जनप्रतिनिधिलाई स्थानीय तहमा उनीहरुले गरेको कामको मूल्यांकनको आधारमा निर्णायक मण्डलद्धारा छनोट गरिएको संस्थाले जनाएको छ।

    अल्कीना बम नेपाली राजनीतिमा ग्रामिण क्षेत्रबाट प्रतिनिधि गर्ने जनयुद्धकालिन महिला नेता हुन् । उनले दश बर्षे जनयुद्धको क्रममा चार वर्ष लामो जेल जीवन पनि भोगी सकेकी छन्। आफु निर्वाचीत भएर आइसके पछि निरन्तर जनताकाे सेवामा आफूलाई समर्पित गरेकोे उनी बताउँछिन्।ग्रामीण शिक्षा,स्वास्थ्य,महिला अधिकार, स्थानीय साधनश्रोतमा आधारित उधमशीलता क्षेत्रमा स्थानीय सरकारले गर्ने कामले समाजलाई न्यायपुर्ण दिशामा लैजान मद्दत गर्ने उपाध्यक्ष बमको बिश्वास छ।

    `SHE LEADS ICON´ कल्प इम्पावार वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गतको कार्यक्रम हो।नेपालका स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधि मध्ये महिला स्वास्थ्य , महिला उद्यमशीलता,नीति र न्याय सशक्तिकरण र जवाफदेहिताका क्षेत्रका प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधि लाई सम्मान गर्ने र उनीहरूका सु कर्मको सञ्चार गर्ने कार्यक्रम भएको संस्थाले प्रेस बिज्ञपति मार्फत जानकारी दिएको छ।

    छनोट गरिएका २७ जना महिला जनप्रतिनिधिहरु मध्येबाट ३ जनालाई जनताकाे भोटको आधारमा पुरस्कृत गर्ने संस्थाले जनाएको छ। त्यसका लागि esewa र SMS मार्फत् भोटिङ खुल्ला गरिएको छ।

    प्रतिकृया दिनुहोस्