

काठमाडौ : नेपालका लागि युरोपेली युनियनका राजदुतहरु विशिष्ट प्रतिनिधि मण्डलले मंगलबार नेपाल विद्दुत प्राधिकरण भ्रमणगरि नेपाल भारत विद्दुत ब्यापार र ग्रामीण विद्तुतीकरण बारे जानकारी लिएका छन् ।
प्राधिकरणका स्रोतका अनुसार नेपालका लागि युरोपेलि युनियनका राजदुत वेरोनिक लोरेन्जोको नेतृत्वमा भएको उक्त भ्रमणमा युरोपेली देश अस्ट्रिया देखि स्विडेन सम्मका राजदुत तथा दूतावासका उच्च पदस्थ अधिकारीहरु गरी २० जना सहभागी थिए ।
टोलिले भार सम्प्रेषण केन्द्रको कार्य अवस्था, नेपाल भारत विद्धुत ब्यापार र त्यसलाई भार सम्प्रेषण केन्द्रबाट गरिएको नियन्त्रण बारे पनि राजदुतहरुले जिज्ञासा राखेका थिए ।
राजदुतहरुको विषेश चासो युरोपेली युनियनको सहयोगमा भरतपुर, पोखरा र बुटवलको त्रिकोणमा संचालित ग्रामीण विद्दुतिकरणबारे थियो । उनिहरुले त्यसको अवस्था, उत्पन्न प्रभाव र चुनौती बारे समेत जिज्ञासा राखेका थिए ।
राजदुतका प्रश्नहरुको जवाफ प्राधिकरणका महाप्रबन्धक हितेन्द्र शाक्यले दिनु भएको थियो ।
साथै उहाँले राजदुतहरुलाइ प्राधिकरणको भार सम्प्रेषण केन्द्रका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।