News Portal

  • विप्लवको युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

    सुनौलो पोष्ट संवाददाता
    840Shares

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको सहायक युवा संगठन नेपालले समाजवादी मोर्चाको तर्फबाट यहि चैत्र १५ गते काठमाडौमा हुने विशाल जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने भएको छ ।

    युवा संगठन नेपालको काठमाडौ,भक्तपुर र ललितपुर जिल्लाका इन्चार्ज तथा सिसिएमहरुको सोमवार बसेको बैठकले प्रतिगमन विरुद्ध हुने जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने निर्णय गरेको हो ।

    संगठनले जनप्रदर्शनका क्रममा मासलाई व्यवस्थित गर्न र मासमा हुनसक्ने प्रतिगामीहरुको घुसपैठलाई नियन्त्रण गर्न युवाहरु ‘स्वयम सेवक’को रुपमा परिचालन गर्ने बताएको छ ।
    बैठकले जनप्रदर्शनको व्यापक तयारी गर्ने र युवाहरुको व्यापक परिचालन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सचिव अनिल सीले जानकारी दिनु भयो ।

    वैठकलाई सम्वोधन गर्दै अध्यक्ष दिनेशले पछिल्लो रास्ट्रिय राजनीतिमा गम्भिर र पेचिलो परिस्थिति बनेको बताउदै विदेशीहरुको चलखेल वढेको हुनाले समाजवादी मोर्चाले चैत्र १५ गते गर्ने प्रदर्शन भव्य गर्ने बताउनु भयो ।

    समाजवादी युवा मोर्चाका संयोजक समेत रहनु भएका अध्यक्ष दिनेशले नेपालमा कुनै पनि हालतमा प्रतिगमनको ठाउँ नभएको ठोकुवा गर्दै यदि चिहानको मुर्दा उठाउन खोजे संगठनले कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो ।
    युवा संगठन नेपाल केन्द्रिय सचिव तथा बाग्मती प्रदेशका इन्चार्ज अनिल सीको अध्यक्षता तथा संचालनमा बैठक बसेको थियो ।

    प्रतिकृया दिनुहोस्