News Portal

  • नेकपाद्वारा सुदुरपश्चिममा १४बिघामा धान रोपाइँ

    सुनौलोपोष्ट संवाददाता२०८१ साउन १
    १२४ पटक

     

     

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितीले १४ बिघा जमिनमा धान रोपाइ सम्पन्न गरेको छ।नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत सुदुरपश्चिमका कैलाली र कञ्चनपुरमा धान रोपाइँ सकिएको केन्द्रिय प्रतिनिधि समिति सदस्य निरक सीले जानकारी दिएका छन् ।

    आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र कृषिद्वारा आत्मनिर्भरता र उद्योगद्वारा समृद्धि हासिल गर्ने उदेश्य सहित नेपाल कम्युनिस्ट पार्टीले देशभर धान खेती, तरकारी खेती, फलफूल खेती ,पशु पालन , कुखुरा पालन तथा माछा पालन समेत गरिरहेको छ।

    नेकपाले सुदुरपश्चिम अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी वडा न. ९को रतिपुरमा ४ बिघा, लम्की चुहामा ३ बिघा,कैलाली जिल्ला पार्टीले ३ बिघा र कञ्चनपुरमा ४ बिघा गरि केन्द्रिय उत्पादन अन्तर्गत १४ बिघामा गरिएको धान खेती बाट ४ सय ५० क्विन्टल धान उत्पादन हुने अनुमान रहेको बताएको छ।
    त्यस्तै, नेकपा सुदुरपश्चिमका विभिन्न जिल्ला समिति, युवा संगठन नेपाल र जनवर्गीय संगठनहरुले समेत सुन्तला, कागती र उत्पादनका विभिन्न काम गरिरहेका छन् ।

    उत्पादन कार्यमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भरत सी `रणबीर´ ,केन्द्रिय सदस्यहरु भगतसिंह,समर,प्रकाश सी, गणेश सी र बिराट सी लगायतका नेताहरू प्रत्यक्ष काममा जुटिरहेका थिए भने रोपाइमा नेताकार्यकर्ता र स्थानीय जनसहभागिता समेत रहेको थियो।

    प्रतिकृया दिनुहोस्