News Portal

  • विमलले हार्मोनियमको डिजिटल ट्युनिङमा बनाए विश्वकिर्तिमान

    सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर १९
    २९ पटक

     

    काठमाडौँ– मधेशका एक युवा हार्मोनियमको बादशाह विमलको नामको चर्चा अब गाउँमात्र नभएर विश्वस्तर मै लोकप्रिय छ । कुनै बेला सर्लाहीको एक गाउँ इश्वोरापुबाट २०७२ शालमा काठमाण्डु कामको लागि पुगेका विमल साह पशुपति छेउमा हारमोनियम सफा गर्ने गर्थे ।

    उनि हार्मोनियममा पेच कस्ने गर्थे र त्यातीबेला कसैले कल्पना सम्म गरेको थिएन कि विमल डॉक्टरको उपाधि पाउँछन् र विश्व कार्तिमानकायम गर्छन् भनेर । आफ्नो लगनसिलता र मेहनत कार्यप्रतिको निष्ठाका कारण नै आज विमल हार्मोनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफलभएका छन् । २०४६ सालमा बुवा सत्यनारायण साह र आमा राधिकादेवी साहका सन्तानका रुपमा जन्मिएका विमल भारत , चीन , मलेसिया अस्ट्रेलिया लगायक देशको समेत भ्रमण गरि सकेका छन् ।

    हार्मोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति बनेका छन। विमलको अहिले चौतर्फी चर्चा भइरहेको छ । कलाकारहरुलाई नेपालमा अहिले हार्मोनियम बिग्रदा सम्झिने पहिलो व्यक्ति विमल नै हुन। उनलाई हार्मोनियमको डाक्टरको रुपमा पनि चिनिन्छ ।

    गायन क्षेत्रका हस्तीहरुको पहिलो रोजाई नै विमल बनेका छन् । नेपालका चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा देखी गायक संगीतकार दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपालका चर्चित गायक गायिकाले विमलबाट हार्मोनियममा ट्युनिङ गराई सकेका छन् ।

    संगित प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहेका छन् भारतीय कलाकारहरु उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक सहितका व्यक्तिहकोसमेत हार्मोनियम ट्युनिङ गरिदिएको अनुभव सुनाउदै विमलले भने , आफ्नो काम ईमानदारी र लगन साथ गरेर यहाँसम्म पुगेको छू । विमलले अगाडि भने, ‘सबैले माया गर्नुभएको छ , विश्वास गर्नु भएको छ । ‘

    उनले आँफुले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गराइसकेको वृतान्त सुनाए ।विमल वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्वारा हार्मोनियमको डिजिटल टयुनिङ गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका हुन् ।

    उनले वल्र्ड रेकर्डमा दर्ज गराई सकेपछि अहिले नेपालका विभिन्न संघ संस्था तथा दलहरुले सम्मान गरिरहेका छन् । विमलले नेपालमा हार्मोनियमको क्षेत्रमा एक दशक बेथित गरिसकेका छन् । उनको अहिले काठमाडौँको सिनामंगलमा आफ्नै विमल नामको हार्मोनियम ब्राण्ड समेत छ ।

    मेहनत गरे सबै सम्भव छ र व्यक्तिलाई महान बनाउछ भन्ने चरितार्थ गर्ने विमलले काठमाण्डौंमा एउटा सानो हार्मोनियम मर्मत पसल खोलेका थिए । २०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हारमुनियम बिक्रि तथा मर्मत पसल खोलेका विमलसँग हाल हार्मोनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । उनले हार्मोनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत गर्दै आएका थिए ।

     

    प्रतिकृया दिनुहोस्