News Portal

  • आर्थिक अभावका कारण क्यान्सर पीडित मान बहादुर खड्काको उपचारमा समस्या

    सुनौलोपोष्ट संवाददाता२०८१ आश्विन ११
    २१० पटक

     

    काठमाडौं। कालिकोटका मान बहादुर खड्का विगत दुई वर्ष देखि क्यान्सरको उपचार गराई रहेका छन्। उनको घाँटीको क्यान्सर दिन प्रतिदिन बढ्दै गइरहेको छ। आर्थिक अभावका कारण अहिले उनको उपचारमा समस्या भाई रहेको छ।

    दुई वर्ष देखि उपचार गराई रहँदा आफूसँग भएको सबै पैंसा सकिएको उनि वताउछन्।’पैसा नहुँदा थप उपचारमा समस्या परेको छ ‘ उनले भने। ऋण सापट गरेर उपचार गर्ने ठाउँ पनि कतै छैन।

    भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गराई रहेका उनी आर्थिक सहयोग जुटाउन काठमाडौंका विभिन्न संघ संस्था र सहयोगी व्यक्ति गुहारी रहेका छन्।
    यसै क्रममा सबै नेपाली दाजु भाई हरुलाई सहयोगको अपिल गरेका छन्।

    उनि दश बर्षे जनयुद्धका क्रममा जनमुक्ति सेना नेपालका कम्पनी कमाण्डर समेत भएका व्यक्ति हुन्। सोही क्रममा उनि घाइते समेत भएका थिए। अहिले आएर पार्टीले पनि अपेक्षा अनुरुप सहयोग नगरेको उनको गनासो छ।

    प्रतिकृया दिनुहोस्