अन्तर्राष्ट्रिय समाचार
उपचारमा खटिएकी नर्स नै संक्रमित, अरुलाई सर्न नदिन गरिन् आ;त्मह;त्या
एजेन्सी : इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आ;त्मह;त्या गरेकी छिन्।३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन्।
उनी त्यस क्षेत्रमा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लिन थिइन्।
बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आ;त्मह;त्या गर्ने निर्णय लिएकी हुन्।