समाचार

कोरोना त्रासका कारण मापसे चेकजाँच स्थगित

कोरोना त्रासका कारण विनाब्रेथ लाइजर हुँदै आएको मापसे चेकजाँच स्थगित भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजर गरिने मापसे परीक्षण कोरोना त्रासकै कारण स्थगित गरिएको हो।

महाशाखाका प्रमुख भीम ढकालले भने, कारोनाको त्रास फैलिँदो छ । यसको प्रभाव ट्राफिक प्रहरीमा पर्नु स्वभाविक हो किनकि ट्राफिक प्रहरीले मापसे परिक्षण गर्ने क्रममा यात्रुको श्वास नै जाँच्नुपर्छ । विनाब्रेथ लाइजर मापसे परीक्षण गरिँदा जोखिम हुने देखियो त्यसैले अहिलेलाई स्थगित गरिएको छ । मापसे परीक्षण नै बन्द गर्ने भन्ने हुँदैन ।

ब्रेथ लाइजरको विकल्प के हुन सक्छ भन्ने विषयमा प्राविधिकसँग छलफल भइरहेको छ । यस विषयमा ट्राफिक प्रहरी गम्भिर छ,एसपी ढकालको भनाई छ ।

Related Articles

Back to top button
Close