समाचार

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु, मृत्यु हुनेमा चिनियाँ महिला

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो ।

त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ ।नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन ।ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।

Related Articles

Back to top button
Close