अन्तर्राष्ट्रिय समाचारसमाचारस्वास्थ्य/ जिबनशैली

इरानका २३ सांसदलाई कोरोना

इरानमा २३ जना सांसदमा कोभिड–१९ संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुई साता पहिले पहिलो संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहे पनि २३ जना सांसद नै संक्रमित भएको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले बताए ।

इरानको मसादमा रहेको इमाम रेजा मस्जिदमा स्यानिटाइजर छर्किंदै स्वास्थ्यकर्मी तस्बिर : रोयटर्स/वाना

केही दिनअघिपनि इरानका उपस्वास्थ्यमन्त्री रउपराष्ट्रपतिमै कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमितको संख्यामा वृद्धि भएपछि इरानकासर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पहिलोपटक सबै नागरिकलाई भाइरसबाट बच्नव्यक्तिगत सरसफाइलगायत रोकथामका अन्य उपायलाई अवलम्बन गर्न आग्रह गरेका छन् ।

बुधबार बिहानसम्म इरानमा कोभिड-१९ कोसंक्रमणबाट ७७ जनाको मृत्यु भएको इरानी सञ्‍चार माध्यमले जनाएका छन्। त्यस्तै इरानमा २ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ।

Related Articles

Back to top button
Close