समाचार

स्यालुट स्यालुट नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले प्रहरी जवानलाई कुटे (भिडियोसहित)नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले प्रहरी जवानलाई कुटे (भिडियोसहित)

स्यालुट नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले प्रहरी जवानलाई कुटे (भिडियोसहित)

नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवानलाई कुटपिट गरेको भिडियो रातोपाटीलाई प्राप्त भएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।

सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कुटपिट गरेको बताइएको छ ।

भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ । तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कुटेको हेरेर मात्र बसेका छन् ।

यस विषयमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीसँग बुझ्दा घटनाबारे अनविज्ञ रहेको बताए । उनले भने, ‘इन्सपेक्टर सुवेदी र जवान विश्वकर्मा सिंहदरबार वृत्तमा कार्यरत छन् । तर घटना भएको जस्तो लाग्दैन ।

यसैबीच प्रहरी इन्सपेक्टर सुवेदीले आफूले हातपात गरेको नभइ सम्झाइ बुझाइमात्रै गरेको दावी गरे ।<iframe width=”600″ height=”515″ src=”https://www.youtube.com/embed/5ZJQpsYjuw0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Related Articles

Back to top button
Close