समाचार

‘जुत्ता सिलाएरै श्रीमतीलाई नर्स पढाउँछु’…

लितपुरको सातदोबाटो-हात्तीवन सडक किनार उनी पाँच महिनादेखि पुराना जुत्ता-चप्पल र झोला सिलाइरहेका छन्।

भरतको विशेषता के भने, यही सडकमा उनी ३५ वर्षदेखिको पुस्तैनी व्यापार धानिरहेका छन्। अर्थात्, भरतका बाबु ठागा राम सातदोबाटो क्षेत्रमा जुत्ता सिलाएर बसेको ३५ वर्ष भयो।

भरतलाई यहाँ सडक किनार पसल चलाउन थाल्दा सुरूमा अप्ठ्यारो भएको थियो। विभिन्न बहानामा उनलाई हटाउन खोजियो। तर, बाबुको ३५ वर्षे बिरासतले आफूलाई हटाउने प्रयास विफल भएको उनी सुनाउँछन्।

भरत राम जुत्ता पालिस गर्दै।
‘मलाई हटाउन खोज्नेहरू ठागा रामको छोरा भन्ने थाहा पाएपछि आफैं पछि हटे,’ उनले भने, ‘अहिले त कुनै समस्या छैन।’

भरतले १२ कक्षा पास गरेका छन्। श्रीमती दिपाली ठाकुरको पढ्ने इच्छा पूरा गर्न उनले आफ्नो पढाइलाई निरन्तरता दिएनन्। बरू श्रीमतीको पढाइ निम्ति बाबुजस्तै जुत्ता सिलाएर पैसा जम्मा गर्न थाले।

दिपालीको स्टाफ नर्स पढ्ने धोको छ। उनको यही धोको अब भरतको सपना बनेको छ‘म त अब पढ्न सक्दिनँ, किनकि मैले पढेँ भने कमाउने कसले? कमाइ नभए दिपालीलाई स्टाफ नर्स कसरी पढाउने?’ भरतले भने, ‘हाम्रो बिहेलाई अहिलेसम्म उसको माइतीले स्वीकारेको छैन। त्यही भएर म उसलाई जसरी पनि पढाउँछु।’

Related Articles

Back to top button
Close