समाचार

काठमाडौं उपत्यकामा फैलिएको कोरोना भाइरसबारे स्वास्थ्य मन्त्रालयले दियो यस्तो जानकारी

काठमाडौं । पछिल्ला दिनहरुमा लगातार नेपालमा कोरोना संक्रमण केही कम हुँदै गएको छ । तर काठमाडौं उपत्यकामा भने हालैका दिनहरुमा संक्रमण लगातार बढ्न थालेपछि समुदायस्तरमा फैलिएको अनुमान गरिएको थियो । यो बीचमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको स्पष्ट पारेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोनाको संक्रमण समुदायमा नफैलिएको दाबी गर्नुभयोे । उहाँले विभिन्न तथ्य हेर्दा समुदायमा कोरोना संक्रमण नफैलिएको जानकारी दिनु भएको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षणको क्रममा भीडभाड हुने विभिन्न स्थानमा ४ हजार ८०० नमुना परीक्षण गरेको थियो । जसमा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना विदेशबाट आएका छन् भने एक जना ब्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको छ ।

मानिसहरुको बढी भीडभाड हुने स्थान र कार्यालयहरु बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानबाट स्वाब संकलन गरिएको थियो । प्रवक्ता गौतमले काठमाडौंलागायत विभिन्न ठूला सहरमा संक्रमणको जोखिम बढ्दै गएको र संक्रमितको संख्या घटे पनि जोखिम नघटेको बताउनु भएको छ ।

Related Articles

Back to top button
Close