समाचार

धरानमा कोरोना संक्रमित विरामीको मृत्यु

२ साउन, विराटनगर । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता डाक्टर सापकोटाले बताए ।उनको शवलाई प्लास्टिकले बेरेर राखिएको उनले बताए । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४० पुगेको छ ।

तीन दिनभित्र अनलाइन कक्षा सुरु गर्न शिक्षकहरूको अल्टिमेटम-१ साउन, काठमाडौं । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’ दिएको छ । आफ्नो माग पूरा नभए आफूहरूले कडा संघर्षका कार्यक्रम गर्ने संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा बताउँछन् ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)को अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भनेको छ ।युनियनले प्याब्सन र एनप्याब्सनको निर्णयले बालबालिकाको पढ्ने पाउने संवैधानिक हक खोसेको जनाएको छु । विद्यालय सञ्चालकहरूले विषम परिस्थितिमा संविधान, शिक्षा ऐन, श्रम ऐन र नियमावलीहरू उल्लंघन गरेको उनीहरूको निचोड छ ।

‘लकडाउनका कारण सिर्जित समस्यालाई लिएर शिक्षक महासंघ, अभिभावक संघ, प्याब्सन, एनप्याब्सन र यस युनियनका बीचमा गम्भीर छलफल र आपसी सहकार्य भइरहेको अवस्थामा जारी अनलाइन कक्षा बन्द गर्दै शिक्षक कर्मचारीलाई बेतलबी घर विदा दिने प्याब्सन र एनप्याब्सनको दादागिरी शैलीको एकलौटी निर्णयले हामी स्तब्ध भएका छौं’ युनियनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

Related Articles

Back to top button
Close