समाचार

काठमाडौंमा १ जनामा मात्र पाइयो संक्रमण, कोरोना प्रभाव उपत्यकामा कमजोर बन्दै !

काठमाडौं, १ साउन । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ । यो र यस अघिका केही तथ्यांकले काठमाडौंमा कोरोना संक्रमणको प्रभाव कमजोर बनेको देखिन थालिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि हिजो बुधबारमा काठमाडौका ७ जनामा कोरोना संक्रमित फेला परेका थिए । बुधबार ललितपुर र भक्तपुरमा पनि कुनै संक्रमित फेला नपरेको अवस्थामा बिहीबार पनि एक जनामा पनि भाइरस पोजिटिभ नदेखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छ या छैन भन्ने निक्यौल गर्न गत साता ३ हजार जनाको परीक्षण गर्दा जम्मा ३ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । यस्ले पनि काठमाडौं उपत्यका केही हदसम्म सुरक्षित रहेको अनुभव गरिएको छ ।यता स्वास्थ्य मन्त्रालयले भने संक्रमितको दर कम भए पनि जोखिम कम नभएको प्रष्ट पारेको छ

Related Articles

Back to top button
Close