नेपालमा दैनिक कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या ५ गुणा बढी !
काठमाडौं- नेपालमा दिनहुँ कोरोनाबाट संक्रमित हुनेभन्दा कोरोना निको भएर घर फर्किनेको संख्या अत्याधिक बढेको छ।पछिल्लो चार दिनमा मात्रै थपिएका नयाँ संक्रमितभन्दा करिब पाँच गुणा बढि निको भएर घर फर्किएका छन्। यो अवधिमा ४ सय ५० जनामा संक्रमण पुष्टि हुँदा २ हजार २५ जना निको भएर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा कोरोनाबाट निको ३४ जना घर फर्किएका छन्।सोमबार १ सय ४४ जना संक्रमित हुँदा १ हजार ७ सय ५ जना संक्रमण मुक्त भएका थिए। आइतबार ८२ जनामा संक्रमण पुष्टि हुँदा १४७ जना निको भएर घर फर्किएका थिए।
शनिबार १ सय ८ जना संक्रमित हुँदा १ सय ३९ जना निको भएका थिए।नेपालमा समग्रमा सक्रिय कोरोना संक्रमितभन्दा कोरोना निको भएर घर फर्किनेको संख्या करिब दोब्बर पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहानसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । तिमध्ये १० हजार ३ सय २८ जना निको भएर घर फर्किएका छन् भने ६ हजार ६ सय ९५ जना संक्रिय संक्रमित छन्।कुल संक्रमितमध्ये ६०.५३ प्रतिशत निको भएर घर फर्किदा ३९.४६ प्रतिशत संक्रमित उपचाररत रहेका छन्।