समाचार

काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै घटे, पछिल्लो २४ घण्टामा २ संक्रमित फेला

काठमाडौं, ३० असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा पुष्टि भएको छ ।

काठमाडौंमा चहलपहल व्यापक बढ्दा कोरोना संक्रमणको जोखिम बढ्ने अनुमान गरिएपनि अनुमान गरे अनुरुप संक्रमित पाइएको छैन । यद्धपि ढुक्क भएर रहने अवस्था नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु गुडेपनि अहिलेको अवस्था सामान्य अवस्था जस्तो नरहेको प्रष्ट पारेको छ । त्यसैले पनि सार्वजनिक सवारी साधनको प्रयोग गर्दा कारोना संक्रमण रोकथामका लागि आवश्यक उपाय अवलम्बन गरेर मात्र प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अपील गरेको छ ।

कोरोनाको जोखिम कायम रहेकै अवस्थामा सरकारले जनजीवन सहज होस् भन्ने हेतुले सार्वजनिक यातायात सञ्चालनमा ल्याएको उल्लेख गर्दै मन्त्रालयले सामाजिक दूरी कायम गर्न , मास्कको प्रयोग गर्न , सेनिटाइजरको प्रयोेग गर्न पनि अपील गरेको छ ।

Related Articles

Back to top button
Close