समाचार

योजना आयोग प्रधानमन्त्रीको गुट बन्यो, नेकपाकै नेता खनालले गरे खुलासा

काठमाडौं – नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय योजना आयोग प्रधानमन्त्री केपी शर्मा ओलीको गुट बनेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अध्यक्ष केपी ओलीले गुटमा मात्र सञ्चालन गरेको बताएका हुन् ।

सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको भर्चुअल गोष्ठिमा बोल्दै नेता खनालले यस्तो भनेका हुन् । ओलीले गुट चलाएकै कारणले नेकपामा अन्तरविरोध पैदा भएको, सङ्कट पैदा गरेको विचार व्यक्त गरेका छन् । “यसबीचमा तीनवटा नीति, कार्यक्रम आए । पार्टीमा छलफल गरिएन । गुटमा मात्रै छलफल भयो,” उनले भने ।

योजना आयोग प्रधानमन्त्रीको गुट बन्यो, नेकपाकै नेता खनालले गरे खुलासा

उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न नसकेको आरोप समेत लगाएका छन् ।

Related Articles

Back to top button
Close