समाचार

यही सरकारले निरन्तरता पायो भने नेकपा समाप्त हुन्छ : खनाल

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् ।साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।’

सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको भनाइ छ । उनले नेकपासामु तीन वटा विकल्प रहेको बताए ।वरिष्ठ नेता खनालले अघि सारेका तीन विकल्प उनकै शब्दमा :यथास्थितिमा जाने : पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने । यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ । अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।

सुधार गरेर जाने : पार्टी भित्रै सुधारको आवश्यकता छ । सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्दछ । सरकार, नीति, कार्यक्रमलाई पुनर्गठन गर्नुपर्दछ । जसले गर्दा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिन्छ । पार्टीले ल्याएको दुई तिहाई सरकारले खाइसकेको छ । तत्कालाई दुई तिहाईको कल्पना गर्न सक्दैनौं ।

अनिश्चित भविष्य : सुधार गर्न नसकेकर यथास्थितिमा बस्यौं भने अनिश्चित तिर जान्थ्छौं । सही नीति लिन सकेनौं भने भूराजनीतिक कारणले कम्प्युनिष्ट पार्टी मात्रै होइन कुनै पनि राजनीतिक शक्ति टिक्न सक्दनौं ।

Related Articles

Back to top button
Close