समाचार

भारतमा एकैदिन २९ हजार काेराेना संक्रमित फेला, ५ सयकाे मृत्यु

काठमाडाैं, २९ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।अहिलेसम्म त्यहाँ संक्रमितको ८ लाख ७९ हजार ४६६ पुगेकाे छ । वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार आइतबार मात्र भारतमा २९ हजार १ सय ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

अहिलेसम्म भारतकाे काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २३ हजार १८७ पुगेकाे छ । आइतबार मात्रै ५ सय जनाकाे मृत्यु भएकाे छ । गत शनिबार भारतमा एकै दिनमा मृत्यु हुनेको हालसम्मकै उच्च संख्या पुष्टि भएकाे थियाे । शनबार त्यहाँ ६ सय १० जनाकाे मृत्यु भएकाे थियाे ।अहिले भातरमा ३ लाख १ हजा ८५० जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ५ लाख ५४ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारत सरकारले १ जुनदेखि लकडाउनलाई खुकुलो पारेसँगै तथा काेराेना परिक्षणकाे दायरा पनि बढाएसँगै दैनिक संक्रमण हुनेकाे संख्या वृद्धि भइरहेकाे बताइएकाे छ ।हाल त्यहाँका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च देखिनेमा महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमणकाे पछिल्लाे ट्रेन्ड हेर्दा भारतमा काेराेना तत्काल नियन्त्रणमा अाउने देखिदैन ।

Related Articles

Back to top button
Close