समाचार

४ दिन लगातार सार्वजनिक विदा २४ गतेदेखि

यो बर्ष रंगहरुको पर्व होलीमा निक्कै रौनक छाउने भएको छ । होलीको समय लगातार ४ दिन विदा हुने भएको छ । फागुन २४ गते शनिबार यसैपनि नियमित सार्वजनिक विदा परेको छ । २५ गते नारी दिवस परेको छ । यो दिन महिलाहरुलाई सार्वजनिक विदा दिइएको छ ।

२६ गते पहाडी जिल्लामा होली पर्व सार्वजनिक विदा दिइएको छ ।भने २७ गते तराईमा होली पर्व भएकाले उक्त दिनपनि सार्वजनिक विदा परेको छ । होलीमा प्रदेश नम्बर २ को सरकारले भने लगातार २ दिन नै विदा दिने निर्णय लिएको छ ।होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

केन्द्र सरकारले होली पर्वमा एक दिन (फागुन २६ गते) सार्वजनिक बिदा दिने गरेको छ ।प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ । फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।

Related Articles

Back to top button
Close