समाचार

ओली–प्रचण्डबीच दुई घण्टा लामो छलफलको संकेत पार्टी विभाजन ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा पौने ५ बजेदेखि ७ बजेसम्म करिब २ घण्टा लामो छलफल भएको हो ।

दुई अध्यक्षबीच एक्ला एक्लै भएको छदफलमा पनि उनीहरु निश्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ । ओली र प्रचण्डबीचको छलदफल सहमतिमा पुग्न नसक्दा नेकपा विभाजन हुनसक्छ भन्ने आशंका बढ्दै गएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहका विभिन्न तहका नेताहरुबीच विवाद साम्य पार्न छलफल हुँदै आएको छ । तर, छलफल निश्कर्षमा पुग्न नसक्दा नेकपाको भविष्य के हुने हो भन्ने टुंगो हुन सकेको छैन ।यही असार १० गतेदेखि बसेको पार्टी स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना हुनुका साथै प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा फुटको संघारमा पुगेको छ।

Related Articles

Back to top button
Close