समाचार

सरकारलाई सर्वोच्चको आदेश : परे अन्तर्राष्ट्रिय उडान रोक्नू

सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

Related Articles

Back to top button
Close