समाचार

ओलीलाई अप्ठ्यारो पारेपछि सूर्य थापाले प्रचण्ड–नेपालको यसरी उडाए खिल्ली

काठमाडौं– सत्तासिन दल नेकपाको आन्तरिक राजनीति अहिले तरल बनेको छ। अध्यक्ष प्रचण्ड–बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शिर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन्। तर, ओलीले कुनै पनि हालतमा राजिनामा नदिने बरु दल फुटाउन सहज हुने अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको तयारी गरेका छन्।

नेकपा भित्रको घम्साघम्सीकै बीचमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी अन्य नेता माथि व्यंग्य गरेका छन्। विहिबार प्रधानमन्त्री ओलीले क्याविनेट मार्फत संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि चलिरहेको स्थायी समिति बैठकमा भाँडभैलो मच्चिएको थियो।

त्यही क्रममा अब के गर्ने भन्ने विषयमा ओली इतरका नेता एकठाउँ उभिएर छलफल गरिरहेका थिए। जुन तस्विर अहिलले निकै चर्चित छ। सोही तस्विर सामाजिक संजालमा राखेर थापाले व्यंग्य गरेका छन्। ‘एक रोचक र घोचक दृश्य । पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल र भीमबहादुर रावल । पार्टी एकताको अन्तिम प्रयाश जारी छ! (सामाजिक दूरीका साथ),’ उनले ट्वीटरमा व्यंग्य गर्दै लेखेका छन्।

Related Articles

Back to top button
Close