समाचार

साम्राज्ञीलाई सोभितको प्रश्न, ‘नराम्रो प्रचार गर्ने तपाई को ?’

यतिबेला कोरोनाले विश्व महामारीको रुप लिईरहेको बेला नेपाली सिने नगरी भने आलोचना र विवादको खेलमा रुमल्लिरहेको छ । यहाँ कहिले अन्तरबार्तामा सिमा विवादको कुरामा कलाकार चुकीरहेका छन भने देशको प्रदेश तथा जिल्लाको बारेमा नजान्दा सामाजिक सन्जालमा ट्रोलको सिकार संगै विवादित बनिरहेका छन् । यता पुराना कुरा कोट्याएर साम्राज्ञी राज्य लक्ष्मी पनि चर्चामा छिन् ।

उनले आफ्नो पहिलो फिल्म ‘ड्रीम्स’ लगायत ३ फिल्ममा आफुलाई भएको गलत कार्य तथा दुर्ववहारको बारेमा बोल्दा उनी चर्चामा छिन भने यो विवादमा अभिनेता भुवन केसि पनि मुछिन पुगे । साम्राज्ञीले दुर्ववहारको बारे आफ्नो ईन्स्टामा भिडियो साझेदार गरेपछी भुवनले पनि आफ्नो फेसबुकमा जवाफ स्वरुप एक स्ट्याटस राखेपछी सिने नगरिमा नया तरङ्ग नै पैदा भयो । अहिले एक अर्काको पक्ष विपक्षमा दोहोरी चलिरहेको छ । यसै क्रममा अभिनेता सोभित बस्नेत पनि बोलेका छन् ।

उनले भुवनको पक्ष लिएर सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यो बिषयको बारे बोलेका छन् । उनले साम्राज्ञीको नाम नतोकेपनी स्ट्याटसले साम्राज्ञी लाई नै प्रश्न गरेको सिधै बुझ्न सकिन्छ । उनले ‘सदाबहार नायक भुवन केसिको चलचित्र प्रतिको योगदानको अबमुल्यन गर्दै नराम्रो नराम्रो प्रचारबाजी गर्दै आउनुभएको मित्रहरू पहिला तपाईं को हो ?’ भनेर प्रश्न गरेका छन् । हेर्नुस् उनको पूरा स्ट्यास्टस :

‘सदाबहार नायक भुवन के सि को चलचित्र प्रती योगदान को अबमुल्यन गर्दै नराम्रो नराम्रो प्रचार बाजि गर्दै आउनु भएको मित्रहरु पहिला तपाई को हो ? र भुबन दाइको अगाडी तपाई कहाँ हुनु हुन्छ भन्ने कुराको मनन गर्नु होला । भ्रामक कुरा लाई सपोर्ट गर्दा कहिँ कतै तपाईंले ले उहाँको अनेकौं बर्ष फिल्मी यात्रा को परिणामको कारण यो लाइनमा छु भन्ने बिर्सनु भो कि l’

Related Articles

Back to top button
Close