समाचार

पार्टीभित्र राजिनामा मागेपछि ओलीले दिए युवा विद्यार्थी नेताहरुलाई यस्तो निर्देशन

काठमाडौँ- आफ्नो पक्षमा सडक प्रदर्शन चर्काउन पार्टीका युवा तथा बिद्यार्थी नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् ।

पार्टीभित्र राजिनामा मागेपछि ओली संकटमा छन् । यस्तो अवस्थामा ओली अनेक समूहसँग भेटेर रणनीति बनाउन व्यस्त छन् । त्यसमध्ये सडक आन्दोलनलाई पनि उनले कार्ययोजनामा राखेका छन् ।

बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । ओलीलाई भेट्न तत्कालिन एमाले निकट युवा संघ तथा अनेरास्ववियुका नेताहरु बालुवाटार पुगेका थिए ।-दृष्टिबाट

पार्टीभित्र राजिनामा मागेपछि ओलीले दिए युवा विद्यार्थी नेताहरुलाई यस्तो निर्देशन

Related Articles

Back to top button
Close