अन्नतः फुटदै नेकपा! ओलीले ल्याउँदैछन् यस्तो अध्यादेश
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य वा संसदीय दलका २० प्रतिशत सदस्यको हस्ताक्षर भए पार्टी फुटाउन सकिने अध्यादेश ल्याउने तयारी गरेका छन्। विद्यमान कानूनमा केन्द्रीय सदस्य र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्यको समर्थन पाएमा मात्रै पार्टी फुटाउन सकिने व्यवस्था छ।
तर, नेकपा भित्र राजिनामाको दबाब बढेसँगै ओलीले अध्यादेश ल्याउन विहिबार संसद अधिवेशन नै अन्त्य गरेका छन्। अब राजिनामा माग्ने पक्ष व्याक नभए ओलीले अध्यादेश ल्याउने बुझिएको छ।
नेकपाका बरिष्ठ नेता झलनाथ खानाले समेत ओलीले २० प्रतिशत सदस्यको समर्थनमा पार्टी फुटाउन सकिने अध्यादेश ल्याउने तयारी रहेको बताएका छन्। ‘प्रतिशतको समर्थनमै दल फुटाउन मिल्ने अध्यादेश ल्याउने र त्यसै आधारमा पार्टी फुटाउने योजना रहेको हामीले सूचना पाएका छौं,’ उनले भनेका छन्, ‘अहिले त्यही अनुसार छलफल भइरहेको छ।’नेकपाका अर्का अध्यक्ष प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत नेकपा फुट्न लागेको संकेत गरेका छन्।