समाचार

निर्मला हत्या प्रकरण अनुसन्धानका लागि सीआईबीको विशेष टोली फेरि कञ्चनपुरमा

१३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को विशेष टोली पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरिरहेको अनुसन्धानमा सघाउन सीआईबीबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा फरेन्सिक र कम्प्युटर विज्ञसहितको टोली खटाइएको हो । ‘प्रहरी निरीक्षकको नेतृत्वको सीआईबी टोली एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै छ ।

घटनाबारे कञ्चनपुरका डीएसपी रवीन्द्रनाथ पौडेलको नेतृत्वमा अनुसन्धान भइरहेको छ । पौडेलको टोलीले पनि स्थानीय दिलीपसिंह विष्टमाथि नै केन्द्रित भएर घटनाको अनुसन्धान गरिरहेको छ ।

पन्तको २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

Related Articles

Back to top button
Close