समाचार

फुटकाे संघारमा नेकपा, प्रचण्डको दुखेसो ‘एकता गर्नेले नै फुटाए कस्को के लाग्छ र !’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले फुटको संघारमा उभिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो छुट्टै रणनीति अनुसार अघि बढी रहेका छन् ।नेकपाका अन्य शिर्षनेताहरुलाई समेत ओलीले टेरेका छैनन् । यसबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेका छन् ।

भेटपछि प्रचण्ड स्थायी कमिटी बैठकलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफूहरुले गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको बताएका छन् ।त्यस्तै (राजनीतिक दल विभाजनका लागि सहज बनाउने) अध्यादेश ल्याउने कुरा पनि चलिरहेको उनले बैठकमा भनेका छन् । बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीकै निवासमा बैठक बसिरहेको छ । बैठकमा आउन मैले पटक–पटक आग्रह गरेको छु, तर उहाँ आउन मान्नुभएको छैन ।’

त्यस्तै प्रचण्डले आफुले पार्टीको एकता कायम राख्न चाहेको बताएका छन् । उनले बैठकमा भने, ‘हाम्रो प्रयास सफल भयो भने पार्टीमा ऐतिहासिक एकता कायम हुन्छ’ स्थायी कमिटी बैठकमा उनले भने, ‘त्यो प्रयास सफल भएन । पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’

Related Articles

Back to top button
Close