रोचक

कोरोनाभाइरस संक्रमित भएर तीन हप्ताको संघर्षपछि स्वस्थ भएका युवाको भयावह अनुभव

कोरोनाभाइरस संक्रमित भएर तीन हप्ताको संघर्षपछि स्वस्थ भएका युवाको भयावह अनुभव

चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरले अहिलेसम्म १७०० भन्दा धेरै ज्या’न लि’इ’सकेको छ । ७० हजार भन्दा धेरै सं’क्रमित भएका छन् । यसको प्रभाव बढिरहेका बेला यसको संक्रमणबाट मुक्त भएका २१ वर्षका एक विद्यार्थी टाइगर येले आफ्नो भयावह अनुभव सुनाएका छन् । उनले आफ्नो पीडा साझा गर्दै कोरोनाभाइरस संक्रमित भएपछि आफ्नो जीवन नरकजस्तै लागेको बताएका छन् ।

ब्लुमबर्गसँग कुरा गर्दै टाइगरले बताएअनुसार उनको लागि भाइरसको सं्रक्रमण भएदेखि उपचार पूरा हुँदासम्मको समय कुनै भयानक सपनाभन्दा कम थिएन । २१ जनवरीमा जब टाइगरलाई अचानक सन्चो भएन त्यसपछि उनले सबैभन्दा पहिले आफ्नो शरीरको तापक्रमको जाँच गरे । उनलाई तेज ज्वरो आएको थियो । स्वास्थ्य बिग्रिएपछि उनी अबेर राती वुहानको एक प्रतिष्ठित टंगी हस्पिटल पुगे जहाँ पहिल्यै वेटिङ रुममा ठूलो संख्यामा बिरामीहरु पर्खिरहेका थिए । उनले बुझे उनले पनि त्यहाँ घण्टौं प्रतिक्षा गर्नुपर्नेछ ।

अस्पतालका डाक्टरले पहिले टाइगरलाई कोरोनाभाइरसको लक्षण नदेखिएको भनेर घर फर्काइदिए । त्यसपछि टाइगरले नजिकैको एक अस्पतालबाट औषधी लिएर फर्किए । कैयौं दिनको बेचैनी र डिप्रेसन झेलेपछि टाइगरले आफ्नो शरीरको जाँच गराउनुमै भलाई सम्झे । टाइगर निकै भाग्यमानी व्यक्ति थिए किनकि उनका पिता एक स्वास्थ्य कार्यकर्ता थिए र उनले वुहानमा फैलिएको यो भाइरसप्रति मानिसहरुलाई जागरुक गराउने काम गरिरहेका थिए ।

टाइगरका अनुसार ४ दिनमै उनको हालत निकै गम्भीर भइसकेको थियो । ज्वरोसँगै उनको शरीरमा पीडा बढ्दै गइरहेको थियो । खोकी लाग्नासाथ उनलाई लाग्थ्यो कि मानौं उनको प्राण निस्किनेवाला छ । डाक्टरको सल्लाहअनुसार जब टाइगर दोस्रो पटक अस्पताल पुगे त्यसपछि गरिएको सिटी स्क्यानबाट डाक्टरले थाहा पाए कि भाइरस उनको फोक्सोसम्म पुगिसकेको छ । भाइरसको स्पष्ट जाँचको लागि अझै टाइगरले न्यूक्लिक एसिड टेस्ट पार गर्नुपर्ने थियो ।

न्यूक्लिक एसिड परीक्षणपछि मात्र शरीरमा कोरोनाभाइरसको संक्रमणको पुष्टि हुन्छ । तर यो परीक्षण किट धेरै महंगो हुने भएकोले डाक्टरहरुले टाइगरको केसलाई गम्भीरताका साथ नलिइ उनलाई फर्काइदिए । टाइगर जब घर फर्के त्यहाँ उनले देखे उनकी हजुरआमा र भाइमा पनि लगभग उस्तै लक्षण देखिएका थिए । टाइगरले भने ‘मैले मृ त्यु निकै नजिक देख्न थालिसकेको थिएँ । मलाई लागिरहेको थियो मानौं म नर्कको ढोका ढक्ढक्याउँदैछु ।’

उनले अगाडि भने ‘म फेरि अस्पताल पुगें र ज्वरोको जाँच गराएँ । मेरो ज्वरो १०२ डिग्रीभन्दा माथि थियो ।’ त्यसपछि डाक्टरहरुले उनलाई आइभी ट्रिटमेन्ट दिए र कलेट्रा नामको एउटा कम्बिनेशन औषधी पनि दिए जो एच आइभी पीडित बिरामीहरुलाई दिइन्छ । दिन ढल्दासम्म उनको ज्वरो घट्न थाल्यो । सही उपचार भएका कारण टाइगरको स्थितिमा छिटै सुधार आउन थाल्यो ।

डाक्टरहरुले उनलाई ५ दिनसम्म एन्टिभाइरल औषधी एलुवायामा राखे त्यसपछि उनलाई घर पठाए किनकि अस्पतालमा बेड खाली थिएनन् । ९ दिनपछि ७ फेब्रुअरीमा उनको एक न्यूलिक एसिड टेस्ट गराइयो जसमा उनको रिपोर्ट ने गेटिभ आयो । अर्थात टाइगरलाई अब भाइ रसबाट खतरा थिएन । स्थानीय अधिकारीहरुले उनलाई एक होटलमा राखे र एक सुरक्षागार्ड तैनाथ गरे ताकि पूर्ण रुपमा ठिक हुँदासम्म उनी कसैसँग भेट्न नसकुन् ।

Related Articles

Back to top button
Close