समाचार

भारतले पनि बनायो कोरोनाविरुद्धको खोप, केहि दिनमा मानिसमा परीक्षण गर्दै

भारतले कोरोना भाइरसविरुद्धको खोपको विकास गरेको छ । हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको हो ।यो खोप जनावरमा परीक्षण समेत भइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जनावरमा खोप सफलदेखिएपछि केहिदिनपछि मानिसमा पनि परीक्षण गर्ने तयारी भइरहको जनाइएको छ ।

भारतले यसअघि थुप्रै खोपको विकासमा सफलता पाएका कारण यो खोप पनि प्रभावकारी हुनसक्ने ठानीएको छ । अहिलेसम्म भारतमा पोलियो, मेनिनजाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, रुबेलाविरुद्धका खोपहरु बनेका छन् ।यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ ।

जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन्। कोरोना भाइरसविरुद्ध आगामी सन् २०२१ को मध्यसम्म खोप बन्न सक्ने विज्ञहहरुले बताएका छन् ।भारत विश्वमा सबैभन्दा बढी जेनेरिक औषधि तथा खोप निर्माण गर्ने देशमा एक हो । एजेन्सी ।

Related Articles

Back to top button
Close