समाचार

तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु: प्रधानमन्त्री

मंगलबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठक। तस्बिर: राजन काफ्ले/ प्रधानमन्त्रीको सचिवालय।मंगलबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठक। तस्बिर: राजन काफ्ले/ प्रधानमन्त्रीको सचिवालय।१७ जनाले प्रधानमन्त्रीको राजीनामा मागेको बैठकमा कसले के भने?

नेकपा स्थायी समिति बैठकमा नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। बैठकमा बोल्ने १८ जना नेतामध्ये १७ जनाले प्रधानमन्त्री ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा मागेका हुन्।प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन्।

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए। उनले पार्टीभित्रको मतभेदलाई भारतसँग जोडेकोमा आक्रोश पोखेका थिए।’अघिल्लोपटक तपाईंलाई प्रधानमन्त्रीबाट भारतले नभई मैले हटाएको हो। वैशाख १७ गते पनि मैले नै राजीनामा मागेको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंबाट पार्टी र सरकार दुवै चल्न सकेन, अब राजीनामा दिनुस्।’

प्रचण्डले प्रधानमन्त्रीनिकट कानुन व्यवसायीको सहयोगमा ‘माथिको आदेश’ भन्दै निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन दिइएको आरोप पनि लगाएका थिए। झापा निवासी सन्ध्या तिवारीका नाममा सोमबार मात्रै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्न निवेदन परेको हो।मंगलबारको बैठकमा प्रचण्डभन्दा आक्रोशित रूपमा प्रस्तुत भएका थिए, वरिष्ठ नेता झलनाथ खनाल। उनले पनि ओलीबाट पार्टी र सरकार दुवै चल्न नसकेको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए।

‘मन्त्रिपरिषद गठन गर्दा पनि गुटगत रूपमा गर्नुभयो। पार्टीसँग कुनै सल्लाह गर्नुभएन। योजना आयोग बनाउँदा पनि गुटगत तरिकाले गर्नुभयो। राजदूत लगायत विभिन्न नियुक्तिमा गुट हाबी भयो,’ बैठकमा आफूले राखेका धारणाबारे खनालले सेतोपाटीसँग भने, ‘सरकारका नीति तथा कार्यक्रम ल्याउँदा पार्टीलाई छलेर ल्याउनुभयो। बजेट ल्याउँदा पनि कसरी वितरण गर्ने भनेर छलफल भएन। पार्टी संगठन सञ्चालन गर्ने कुरामा पनि विधि र नीति मान्नुभएन। पार्टी र सरकार दुवै कमजोर भएकाले अब तपाईंले राजीनामा दिनुपर्छ।’

प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिबारे नेताहरूले चर्को आपत्ति जनाएपछि त्यसको जवाफ नदिइकन उनी बैठक छाडेर हिँडेको खनालले बताए।बैठकमा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा अहंकार र स्वैच्छाचारिता बढेको बताएका थिए।

‘तपाईंमा अहंकार बढेको छ। विधि र पद्धतिमा चल्नुभएको छैन,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘भ्रष्टाचार, गुटबन्दी र अनियमितता बढेको छ। प्रधानमन्त्री र अध्यक्ष दुवै पद चल्न सकेको छैन। तपाईंले अब निकास दिनुपर्छ।’

उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गर्दै प्रधानमन्त्री ओलीकै इसारामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन दिइएको आरोप लगाए।

‘यो काम प्रधानमन्त्रीकै आदेशमा भएको हो। मसँग प्रमाण छ,’ गौतमले भनेका थिए, ‘छानबिन कमिटी बनाइयोस्, प्रधानमन्त्रीको संलग्नताको प्रमाण म दिन सक्छु।’

आफ्नो राजीनामाको माग उठेपछि प्रधानमन्त्री ओलीले त्यसको चर्को प्रतिवाद गरेका थिए। आफूभन्दा लामो समय पार्टी नेतृत्व ओगटेका नेताले नै त्याग गर्नुपर्ने जिकिर उनले गरे।

पार्टी अध्यक्ष प्रचण्ड ३२ वर्षदेखि पार्टीको नेतृत्वमा रहेकाले पहिलो त्याग उनले गर्नुपर्ने तर्क प्रधानमन्त्री ओलीले गरे।

‘तपाईं (प्रचण्ड) ३२ वर्षदेखि अध्यक्ष हुनुहुन्छ। त्यागका लागि छाडेर देखाउनुपर्ने तपाईंले नै होला। आफूचाहिँ ३२ वर्षदेखि नेतृत्वमा रहन हुने, म त २०७१ सालमा मात्रै नेतृत्वमा चुनिएर आएको हो, कसकै कृपाले टीका लगाएर दिएको होइन। म किन छाड्ने?’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।

प्रधानन्त्री ओलीले प्रचण्डमाथि थप प्रश्न कसे, ‘म त्याग गरेरै यहाँसम्म आएको हो। तपाईंलाई ३२ वर्ष अध्यक्ष र दुईफटक प्रधानमन्त्री भएर पनि अझै पुगेको छैन।’

उनले नेता नेपाल र खनालको पनि आलोचना गरे। आफूले भन्दा धेरै समय वरिष्ठ नेताहरू खनाल र नेपालले पार्टी चलाएको उनले बताएका थिए।

‘माधवजी १६ वर्ष पार्टीको नेतृत्वमा बस्नुभयो। प्रधानमन्त्री पनि बन्नुभयो। झलनाथजी १३ वर्ष पार्टीको नेतृत्वमा बस्नुभएको हो अनि ६ महिना प्रधानमन्त्री पनि बन्नुभएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘म त नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने भनेर आउने महाधिवेशनबाट पार्टी नेतृत्वमा आउँदिनँ र संसदीय निर्वाचन पनि लड्दिनँ भनेको हो। तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु।’

उनले सरकारले गरेको काम नदेखेको भन्दै आक्रोश पोखेका थिए।

‘अहिलेको समस्या तपाईंहरूको कुण्ठाका कारण आएको हो। जनता र देशको समस्याका कारण होइन,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तपाईंहरूलाई जसले उचालेको छ, उनीहरूले समस्या छ भनेका हुन्।’

बैठकमा बोल्ने स्थायी समिति सदस्यहरूले पनि प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै अब पदमा बसिरहन नमिल्ने बताएका थिए। सबैजसो नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेको स्थायी समिति सदस्य गणेश शाहले सेतोपाटीलाई बताए।

‘भन्ने शैली सबैको एउटै थिएन होला, तर सबैको आसय राजीनामा नै थियो,’ उनले भने, ‘पार्टीकै सचिवालय सदस्यहरूले भनेकाले निकास दिनुपर्छ भनेर मैले पनि भनेको हो।’

प्रधानमन्त्री ओलीसँग राजीनामा दिने या पार्टी फोड्नेबाहेक अरू विकल्प नरहेको एक स्थायी समिति सदस्यले सेतोपाटीलाई बताए।

बैठकमा बोल्दै स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी थिइन्। उनले पार्टीभित्र वरिष्ठता र योगदानलाई बेवास्ता गरिएको आरोप लगाएकी थिइन्।

अर्का स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री विवादमा पर्दै गएकाले राजीनामा दिनुपर्ने बताएका थिए।

‘तपाईंले काम गर्न सक्नुभएन। झन्-झन् विवादमा पर्दै जानुभएको छ,’ पन्तको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीभित्रको एकता कायम राख्न तपाईंले राजीनामा दिनुपर्छ।’

स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी बैठक चलिरहेका बेला विदेशीले हटाउन लाग्यो भनेर भन्नु लज्जास्पद रहेको बताए। प्रधानमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाइसकेको उनको भनाइ थियो

स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्रीका अभिव्यक्तिले नेपालको सार्वभौमिकतामै प्रश्न उठेको बताएका थिए।

‘उहाँका अभिव्यक्तिले सार्वभौमसत्ताको प्रयोग नेपाली जनताले गर्छन् कि गर्दैनन् भनेर आशंका गर्ने ठाउँ बनेको छ। सरकार बनाइदिने र सरकार फेर्दिने भनेको विदेशीले हो भनेर उहाँले स्थापित गर्न खोज्नुभएको छ,’ विष्टले बैठकमा भनेका थिए, ‘प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ? नेकपाको बहुमत छ भने नेकपाबाहेक कसले हटाउन सक्छ? उहाँबाट सरकार र पार्टी चल्न सक्ने नभएकाले निकास खोज्नुपर्छ।’

मंगलबारको बैठकमा प्रधानमन्त्रीको बचाउ गर्दै कोही पनि स्थायी समिति सदस्य बोलेनन्।

प्रधानमन्त्रीको राजीनामा माग्ने १७ जनाको सूची:

१) पुष्पकमल दाहाल ‘प्रचण्ड’

२) झलनाथ खनाल

३) माधवकुमार नेपाल

४) वामदेव गौतम

५) नारायणकाजी श्रेष्ठ

६) वेदुराम भुषाल

७) अष्टलक्ष्मी शाक्य

८) मुकुन्द न्यौपाने

९) भीम रावल

१०) रघुजी पन्त

११) युवराज ज्ञवाली

१२) गणेश शाह

१३) सुरेन्द्र पाण्डे

१४) जनार्दन शर्मा

१५) पम्फा भुषाल

१६) गोकर्ण विष्ट

१७) भीम आचार्य

मंगलबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठक। तस्बिर: राजन काफ्ले/ प्रधानमन्त्रीको सचिवालय।मंगलबार बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठक। तस्बिर: राजन काफ्ले/ प्रधानमन्त्रीको सचिवालय।

१७ जनाले प्रधानमन्त्रीको राजीनामा मागेको बैठकमा कसले के भने?
नेकपा स्थायी समिति बैठकमा नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। बैठकमा बोल्ने १८ जना नेतामध्ये १७ जनाले प्रधानमन्त्री ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा मागेका हुन्।

प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन्।

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए। उनले पार्टीभित्रको मतभेदलाई भारतसँग जोडेकोमा आक्रोश पोखेका थिए।

‘अघिल्लोपटक तपाईंलाई प्रधानमन्त्रीबाट भारतले नभई मैले हटाएको हो। वैशाख १७ गते पनि मैले नै राजीनामा मागेको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंबाट पार्टी र सरकार दुवै चल्न सकेन, अब राजीनामा दिनुस्।’

प्रचण्डले प्रधानमन्त्रीनिकट कानुन व्यवसायीको सहयोगमा ‘माथिको आदेश’ भन्दै निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन दिइएको आरोप पनि लगाएका थिए। झापा निवासी सन्ध्या तिवारीका नाममा सोमबार मात्रै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्न निवेदन परेको हो।

मंगलबारको बैठकमा प्रचण्डभन्दा आक्रोशित रूपमा प्रस्तुत भएका थिए, वरिष्ठ नेता झलनाथ खनाल। उनले पनि ओलीबाट पार्टी र सरकार दुवै चल्न नसकेको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए।

‘मन्त्रिपरिषद गठन गर्दा पनि गुटगत रूपमा गर्नुभयो। पार्टीसँग कुनै सल्लाह गर्नुभएन। योजना आयोग बनाउँदा पनि गुटगत तरिकाले गर्नुभयो। राजदूत लगायत विभिन्न नियुक्तिमा गुट हाबी भयो,’ बैठकमा आफूले राखेका धारणाबारे खनालले सेतोपाटीसँग भने, ‘सरकारका नीति तथा कार्यक्रम ल्याउँदा पार्टीलाई छलेर ल्याउनुभयो। बजेट ल्याउँदा पनि कसरी वितरण गर्ने भनेर छलफल भएन। पार्टी संगठन सञ्चालन गर्ने कुरामा पनि विधि र नीति मान्नुभएन। पार्टी र सरकार दुवै कमजोर भएकाले अब तपाईंले राजीनामा दिनुपर्छ।’

प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिबारे नेताहरूले चर्को आपत्ति जनाएपछि त्यसको जवाफ नदिइकन उनी बैठक छाडेर हिँडेको खनालले बताए।

बैठकमा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा अहंकार र स्वैच्छाचारिता बढेको बताएका थिए।

‘तपाईंमा अहंकार बढेको छ। विधि र पद्धतिमा चल्नुभएको छैन,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘भ्रष्टाचार, गुटबन्दी र अनियमितता बढेको छ। प्रधानमन्त्री र अध्यक्ष दुवै पद चल्न सकेको छैन। तपाईंले अब निकास दिनुपर्छ।’

उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गर्दै प्रधानमन्त्री ओलीकै इसारामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन दिइएको आरोप लगाए।

‘यो काम प्रधानमन्त्रीकै आदेशमा भएको हो। मसँग प्रमाण छ,’ गौतमले भनेका थिए, ‘छानबिन कमिटी बनाइयोस्, प्रधानमन्त्रीको संलग्नताको प्रमाण म दिन सक्छु।’

आफ्नो राजीनामाको माग उठेपछि प्रधानमन्त्री ओलीले त्यसको चर्को प्रतिवाद गरेका थिए। आफूभन्दा लामो समय पार्टी नेतृत्व ओगटेका नेताले नै त्याग गर्नुपर्ने जिकिर उनले गरे।

पार्टी अध्यक्ष प्रचण्ड ३२ वर्षदेखि पार्टीको नेतृत्वमा रहेकाले पहिलो त्याग उनले गर्नुपर्ने तर्क प्रधानमन्त्री ओलीले गरे।

‘तपाईं (प्रचण्ड) ३२ वर्षदेखि अध्यक्ष हुनुहुन्छ। त्यागका लागि छाडेर देखाउनुपर्ने तपाईंले नै होला। आफूचाहिँ ३२ वर्षदेखि नेतृत्वमा रहन हुने, म त २०७१ सालमा मात्रै नेतृत्वमा चुनिएर आएको हो, कसकै कृपाले टीका लगाएर दिएको होइन। म किन छाड्ने?’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।

प्रधानन्त्री ओलीले प्रचण्डमाथि थप प्रश्न कसे, ‘म त्याग गरेरै यहाँसम्म आएको हो। तपाईंलाई ३२ वर्ष अध्यक्ष र दुईफटक प्रधानमन्त्री भएर पनि अझै पुगेको छैन।’

उनले नेता नेपाल र खनालको पनि आलोचना गरे। आफूले भन्दा धेरै समय वरिष्ठ नेताहरू खनाल र नेपालले पार्टी चलाएको उनले बताएका थिए।

‘माधवजी १६ वर्ष पार्टीको नेतृत्वमा बस्नुभयो। प्रधानमन्त्री पनि बन्नुभयो। झलनाथजी १३ वर्ष पार्टीको नेतृत्वमा बस्नुभएको हो अनि ६ महिना प्रधानमन्त्री पनि बन्नुभएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘म त नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने भनेर आउने महाधिवेशनबाट पार्टी नेतृत्वमा आउँदिनँ र संसदीय निर्वाचन पनि लड्दिनँ भनेको हो। तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु।’

उनले सरकारले गरेको काम नदेखेको भन्दै आक्रोश पोखेका थिए।

‘अहिलेको समस्या तपाईंहरूको कुण्ठाका कारण आएको हो। जनता र देशको समस्याका कारण होइन,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तपाईंहरूलाई जसले उचालेको छ, उनीहरूले समस्या छ भनेका हुन्।’

बैठकमा बोल्ने स्थायी समिति सदस्यहरूले पनि प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै अब पदमा बसिरहन नमिल्ने बताएका थिए। सबैजसो नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेको स्थायी समिति सदस्य गणेश शाहले सेतोपाटीलाई बताए।

‘भन्ने शैली सबैको एउटै थिएन होला, तर सबैको आसय राजीनामा नै थियो,’ उनले भने, ‘पार्टीकै सचिवालय सदस्यहरूले भनेकाले निकास दिनुपर्छ भनेर मैले पनि भनेको हो।’

प्रधानमन्त्री ओलीसँग राजीनामा दिने या पार्टी फोड्नेबाहेक अरू विकल्प नरहेको एक स्थायी समिति सदस्यले सेतोपाटीलाई बताए।

बैठकमा बोल्दै स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी थिइन्। उनले पार्टीभित्र वरिष्ठता र योगदानलाई बेवास्ता गरिएको आरोप लगाएकी थिइन्।

अर्का स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री विवादमा पर्दै गएकाले राजीनामा दिनुपर्ने बताएका थिए।

‘तपाईंले काम गर्न सक्नुभएन। झन्-झन् विवादमा पर्दै जानुभएको छ,’ पन्तको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीभित्रको एकता कायम राख्न तपाईंले राजीनामा दिनुपर्छ।’

स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी बैठक चलिरहेका बेला विदेशीले हटाउन लाग्यो भनेर भन्नु लज्जास्पद रहेको बताए। प्रधानमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाइसकेको उनको भनाइ थियो

स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्रीका अभिव्यक्तिले नेपालको सार्वभौमिकतामै प्रश्न उठेको बताएका थिए।

‘उहाँका अभिव्यक्तिले सार्वभौमसत्ताको प्रयोग नेपाली जनताले गर्छन् कि गर्दैनन् भनेर आशंका गर्ने ठाउँ बनेको छ। सरकार बनाइदिने र सरकार फेर्दिने भनेको विदेशीले हो भनेर उहाँले स्थापित गर्न खोज्नुभएको छ,’ विष्टले बैठकमा भनेका थिए, ‘प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ? नेकपाको बहुमत छ भने नेकपाबाहेक कसले हटाउन सक्छ? उहाँबाट सरकार र पार्टी चल्न सक्ने नभएकाले निकास खोज्नुपर्छ।’

मंगलबारको बैठकमा प्रधानमन्त्रीको बचाउ गर्दै कोही पनि स्थायी समिति सदस्य बोलेनन्।

प्रधानमन्त्रीको राजीनामा माग्ने १७ जनाको सूची:

१) पुष्पकमल दाहाल ‘प्रचण्ड’

२) झलनाथ खनाल

३) माधवकुमार नेपाल

४) वामदेव गौतम

५) नारायणकाजी श्रेष्ठ

६) वेदुराम भुषाल

७) अष्टलक्ष्मी शाक्य

८) मुकुन्द न्यौपाने

९) भीम रावल

१०) रघुजी पन्त

११) युवराज ज्ञवाली

१२) गणेश शाह

१३) सुरेन्द्र पाण्डे

१४) जनार्दन शर्मा

१५) पम्फा भुषाल

१६) गोकर्ण विष्ट

१७) भीम आचार्य

Related Articles

Back to top button
Close