समाचार

‘प्रधानमन्त्री कै निर्देशनमा एमाले नामको पार्टी दर्ता निवेदन’

काठमाडौं – प्रधानमन्त्री कै निर्देशनमा एमाले नामको पार्टी दर्ताका लागि निवेदन दर्ता भएको नेकपा नेता वामदेव गौतमले भनेका छन् । स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमवार नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन रहेको आरोप गौतमले लगाएका हुन् ।

स्रोतका अनुसार बैठकमा बोल्दै गौतमले एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु भनेको बताइएको छ ।नेकपा उपाध्यक्ष समेत रहेका नेता गौतमले अन्य १२ जना झै आजको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

'प्रधानमन्त्री कै निर्देशनमा एमाले नामको पार्टी दर्ता निवेदन'

Related Articles

Back to top button
Close