समाचार

नेपालको पहिलो कमेडी च्याम्पिएनमा खड्ग बहादुर पुन (खबपु) ले सबैको मन जिते

नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पिएनमा रोल्पाका खड्ग बहादुर पुन (खबपु) मगरले सबैको मन जित्न सफल भएका छन् । वाइल्ड कार्डमार्फत आएका उनले मध्यम वर्गका जनताका आम कुराहरुलाई लिएर कमेडी गर्ने गरेका छन् ।

लामो समय देखि यस क्षेत्रमा लागेका उनले विगतमा भएको ज नयु द्धको स्वाद पनि चाखेका छन् ।राजनीतिक, सामाजिक हरेक खालको विषय वस्तुमा कमेडी गर्न सक्ने पुनलाई जनताको राम्रो साथ मिलेको छ । उनी अहिले हिमेश पन्त र सुमन कोइरालासँग प्रतिस्पर्धा गरिरहेका छन् । नाच्ने कलामा पनि उस्तै पोख्त पुनको हालै एक भिडियो पनि आएको छ ।

सञ्चारमाध्यमहरुमा धेरै नआएका उनी प्रत्यक्ष जनतासँग गएर भोट माग्दै आइरहेका छन् । उनी निर्णयकहरु ऋचा शर्मा, सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराईको मनमा बस्न सफल भएका छन् । उनी हसाँउनका लागि नै जन्मेको भन्दै सन्तोष पन्तले पटक–पटक भन्दै आएका छन् ।उनी अहिले रोल्पाली जनताको मात्रै नभई देश तथा विदेशमा भएका लाखौं नेपालीहरुको मनमा बसेका छन् । अहिले तीनै प्रतिस्पर्धीहरु भोट अपिल गर्दै हिडेका छन् । पुनलाई जिताउनका लागि नेपाल भित्रबाट ई–सेवामार्फत र विदेशमा कमेडी च्याम्पिएनको एपमार्फत भोट गर्ने क्रम जारी रहेको छ ।

Related Articles

Back to top button
Close