समाचार

काठमाडौंमा चलह पहल बढेपछि काठमाडौंका घरभेटीलाई स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

काठमाडौं । लकडाउन खुकुलो भएसंगै काठमाडौं भित्रनेहरुको संख्या बढेको छ । काठमाडौंका सडक र वजारमा सर्वसाधारणको चहल पहल पनि बाक्लिदै गएको छ । कोरोना सुरु भएपछि घर गएकाहरु लकडाउन खुकुलो भएसंगै काठमाडौं फर्कन थालेका हुन । तर काठमाडौंका घरभेटीले आफ्नो भाडामा बसेकाहरु फर्केर आएपछि कोरोना नभएको पुष्टि हुने कागजात माग्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका घरभेटीलाई आग्रह गरेको छ । मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीरीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताएका छन् । तर स्वास्थ्य सजगता अपनाउन भने आवश्यक भएको उनको भनाई थियो । उनले विदेशबाट आएकाहरु १४ दिन क्वारेन्टाइनमा बसेपछि सो व्यक्तिलाई पीसीआर परीक्षण नगरे पनि घर प्रवेश गर्न दिन आग्रह गरेका हुन् ।

‘क्वारेन्टाइनमा पूर्ण नियम पालना गरेर फर्किएका व्यक्तिहरुलाई पनि पीसीआर रिपोर्ट नभएको भनि घरमा छिर्न नदिएको समाचार आइरहेको छ,’ डा गौतमले भने, ‘यसमा स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो तथ्यहीन र राष्ट्रिय निर्देशिका विरुद्धको क्रियाकलाप नगरीदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित घरभेटी र सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछ ।’

डा गौतमका अनुसार २ साता क्वारेन्टाइनमा बसेको प्रमाण भएमा र क्वारेन्टाइनमा बसेको व्यक्तिमा कोरोनाको लक्षण नभएमा पीसीआर परीक्षण नगरी घर पठाउन मिल्छ । कोरोनाको कुनै लक्षण नभएको व्यक्तिबाट कोरोना नसर्ने पनि डा गौतमले बताए ।

Related Articles

Back to top button
Close