समाचार

काठमाडौं उपत्यकामा थपिएका १६ जना संक्रमितमध्ये चार जना काठमाडौंका, बाँकी विदेशबाट आएका

मंगलबार उपत्यकामा थपिएका १६ जना कोरोना संक्रमितमध्ये चार जना काठमाडौंका रहेको खुलेको छ।इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाकाका प्रमुख डा. बासुदेव पाण्डेले काठमाडौंका चार जना व्यक्तिमा संक्रमण पुष्टि भए पनि उनीहरूको विवरण लिने काम भइरहेको जनाए।

उनले बाँकी संक्रमितहरू भने विदेशबाट आएको बताए।जसमा दुबई, साउदी र एक जना भारतबाट आएका हुन्।अहिले संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिएको महाशाखाले जनाएको छ।यसअघि उपत्यकामा विदेशबाट आएका गरेर ९१ जना व्यक्तिमा संक्रमण देखिएको थियो।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।आज थपिएका संक्रमितहरूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन अस्पताल र टिचिङ अस्पतालमा परीक्षण गरिएको थियो।मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएका जानकारीमा भने १४ जना मात्र संक्रमितको विवरण छ।

जसमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरका एक महिला, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक महिला र ललितपुरका एक पुरूषमा संक्रमण देखिएको हो।

यस्तै, टिचिङ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार महिला र पाँच पुरूषमा संक्रमण पुष्टि भएको छ।मन्त्रालयले उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै परीक्षण दायरा बढाउने र कन्ट्याक्ट ट्रेसिङको कार्य पनि व्यापक पार्ने जनाएको छ।महाशाखाका प्रमुख डा. पाण्डेले पनि कन्ट्याक्ट ट्रेसिङको लागि काठमाडौंलाई विशेष ध्यान दिएको बताए।

Related Articles

Back to top button
Close