स्वास्थ्य/ जिबनशैली

चीनमा फेला फेरी पर्यो कोरोनाभन्दा अर्को नयाँ ख,त,रनाक भाइरस, विश्वभर महामारी फैलन सक्ने

विश्वव्यापी म,हा,मा,री बनेर फै,लि,ने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई स,ङ्क्र,म,ण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो।उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि ,फैलि,ने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन्। तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई स,ङ्क्र,म,ण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्छ।

उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ। प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन्।

यो भाइरस कस्तो छयो नयाँ भाइरस सन् २००९ मा ,फै,लि,ए,को स्वाइन फ्लूसँग मिल्दो,जुल्दो छ। तर यसमा केही भिन्नताहरू पनि छन्। यो अहिले फैलिएको त छैन तर यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन-चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यसलाई निगरानीमा राख्नुपर्छ।

अनुसन्धानकर्ताहरुले उक्त भाइरसलाई G4 EA H1N1 भन्ने गरेका छन्। उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फै,लिन सक्छ। उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला पारेका छन्।

अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन्। यूकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले भने, “अहिले कोरोनाभाइरसका कारण हाम्रो ध्यान मोडिएको छ। तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु हुँदैन।” बीबीसीबाट

६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । एकै दिन १ लाख ६० हजार ३६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५१५ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३२९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ । २४ लाख २९ हजार २३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये १३ लाख ४९ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५५ हजार ७३० जनाको मृत्यु भएको छ । २२ लाख ५६ हजार ३८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा ८३ हजार ६१० जनाको मृत्यु भएको छ । २१ लाख ८६ हजार २९५ जना संक्रमित भएकोमा १२ लाख ६७ हजार ६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९१४ जनाको ज्यान गएको छ भने ३ लाख ९६ हजार ३१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८९ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ४०७ जना संक्रमित भएकोमा ८ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।

Related Articles

Back to top button
Close