मनोरंजन

आमिर खानको घरमा पनि छिर्यो कोरोना, १ जनामा देखियो संक्रमण

एजेन्सी । भारतमा महामारीको रुप लिएको कोरोनाभाइरस आमिर खानको घरमा पनि छिरेको छ । आमिर खानका घरेलु सहयोगीमा कोरोना संक्रमण देखिएपछि आमिर र उनको परिवारका अन्य सदस्यको पनि परीक्षण गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।आमिर खानले कर्मचारी पोजेटिभ आए लगत्तै आमिरको पनि परिक्षण गरिएको र आमिर र उनको परिवारको परीक्षण नेगेटिभ आएको छ । यद्यपी उनकस् आमा जिनत हुसैनको परिक्षणको तयारी गरिएको छ ।

आमिर खानले कर्मचारी पोजेटिभ पाएपछि बीएमसीद्वारा लिइएको एक्सनबारे जानकारी दिँदै निकै खुलेर प्रशंसा गरेका छन् । आमिरको घरमा काम गर्ने सबै कर्मचारीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

Related Articles

Back to top button
Close