समाचार

उडान र लकडाउन खोल्न निर्णय हुँदै, अब सजिलै काठमाडौं छिर्न सकिने

काठमाडौं । काठमाडौं छिर्ने प्रकृया खुकुलो बनेको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आज बसेको बैठकले काठमाडौं उपत्यका छिर्न पहिला भन्दा खुकुलाे नयाँ निर्णय गरेको हो ।अब, अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिइने भएको हो । यसअघि अत्यावश्यक काम बाहेक उपत्यका छिर्न नमिल्ने स्थिती रहेको थियो ।

आज बसेको सीसीएमसीको बैठकले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।त्यस्तै आज आज बस्ने मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा समेत निर्णय गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले न्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय हुनसक्ने बताएका हुन् ।

सीसीएमसीको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । यसबाट आन्तरिक उडान खुला हुन सक्ने सम्भावना देखिएको हो ।विमानस्थलका कर्मचारीहरुको सुरक्षाका विषयमा समेत बैठकमा निर्णय भएको छ ।

Related Articles

Back to top button
Close