समाचार

खुसीको खबर : अन्तत सार्वजनिक सवारी साधन यातायात खुला गर्ने तयारी भयाे

लामो समय देखिको लकडाउनका कारण आफुहरुको लगानी डुबेको भन्दै गुनासो गरेका सार्वजनिक यातायात ब्यवसायीलाई पनि राहत मिल्ने भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेपछि उनीहरुले पनि राहत पाउने भएका छन् । ठूलो लगानी थन्क्याएर बस्नुपर्दा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक यातायात ब्यवसायीले बताएका छन् । उनीहरुको यस्तो गुनासो पछि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाएर अब सञ्चालनको तयारी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुरसँग निर्देशिकाबारे छलफल गरेर छिटै टुङ्गो लगाउने विभागका महानिर्देशक गोगन हमालले जानकारी दिएका छन् ।तर कोरोना भाइरस सङ्क्रमितको संख्या दिनदिनै बढिरहेका बेला चालक र सहचालकको स्वास्थ्य सुरक्षा कसरी गर्ने भन्ने विषयमा भने छलफल जारी छ ।साथै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको पनि स्वास्थ्य सुरक्षाको बारो पनि छलफल जारी छ । सार्वजनिक यातायात ब्यवसायीले सरकारले चालक र सहचालकको स्वास्थ्यको सुनिश्चितता सरकारले नगरेसम्म सार्वजनिक गाडी चलाउनु जोखिमपूर्ण रहेको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विभागले बनाएको निर्देशिकाले यातायात मजदुरको स्वास्थ्य संवेदनशिलतामा ध्यान नदिएको आरोप लगाएका छन् । ,

‘विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुँदैन’ उनले भनेका छन् निर्देशिकामा सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्ताव छन् ।सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

व्यवसायी र उपभोक्ता दुवै मारमा नपर्नेगरी भाडा बढाएर सार्वजनिक यातायात खुला गर्ने तयारी सरकारले गरेको छ । तर कहिलेदेखि कुन मोडलमा सार्वजनिक यातायात खुला गर्ने भन्ने निर्णय नभएकाले प्रस्तावित निर्देशिका छलफलमै सीमित छ। ब्यवसायीहरुले भने गाडीमा आधा मानिस मात्र राख्दा आफुहरुको लगानी पनि नउठ्ने बताएका छन् । ब्यवसायीहरुले आफुहरुलाई सरकारले अनुदान दिनुपर्ने माग राखेका छन् । ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था सरकारले ल्याउनुपर्ने ब्यवसायीको माग छ । माग सम्बोधन भए सरकारले भनेकै मितिदेखि गाडी चलाउन थाल्ने व्यवसायीको भनाइ छ ।

Related Articles

Back to top button
Close