समाचार

सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक बस्नु खुलेआम भ्रष्टाचार होः कमल थापा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवासमा नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी बैठक आयोजना गरिएकोमा राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।उनले प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी साधनस्रोतको दुरुपयोग गरि पार्टीको बैठक तथा कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार भएको पनि टिप्पणी गरेका छन् ।

थापाले ट्विटरमा’प्रधानमन्त्रिको सरकारी निवास, कार्यालय र त्यहॉ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक र कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो।राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिकरअलोकतान्त्रिक कार्य अन्त गरियोस्।राज्यको सम्पति रक्षागर्नु PM_Nepalको कर्तव्य हो ।’ लेखेका छन् ।

Related Articles

Back to top button
Close