समाचार

नेकपा बिघटनको दिशामा उन्मुख रहेको भन्दै प्रचण्डको खुलासा, बैठकमै ओलीलाई दिए दनक !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विघटन हुन सक्ने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि शुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखेका छन् । बैठकमा बोल्दै अध्यक्ष दाहालले पार्टी विघटन हुन सक्ने चेतावनी समेत दिएका छन्।

अध्यक्ष प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसकेको बताउँदै पार्टी विघटन हुन सक्ने चेतावनी दिए । उनले पार्टी एकता गरेर गल्ती त भएको थिएन भन्ने सोचाइ आउन थाल्ने अवस्था उत्पन्न भएको बताए।‘सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउन दिने सहमति गरेको भए पनि त्यसो भएन ।’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो–‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ । तर, त्यसले अहंकार बढ्यो । आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ ।’

‘हामीले पार्टी एकता गर्ने बेलाम कुनै मोर्चा बनाएर जाने कि भनेरसमेत मलाई सुझाव आएको थियो ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘कतै त्यही गरेको भए राम्रो हुन्थ्यो कि भन्नेसमेत सोच आउने गरेको छ। तर अब हामी पार्टी एकताबाट पछि हट्न सक्दैनौं। यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ।’

प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेकोसमेत बताए। ‘अहिलेको बहुमत एउटा व्यक्तिका लागि आएको होइन। यो नेकपाका लागि आएको हो ।’ प्रचण्डले भने, ‘अहिले यो अनूभुति भएको छैन। यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान्छ।’

Related Articles

Back to top button
Close