समाचार

फेरि लकडाउन ? भ्रममा नपराैँ, वास्तविकता यस्ताे छ ।

काठमाडौं । नेपालमा कोरोना सं’क्र’मि’तको संख्या १० हजार पुग्न लाग्दा सरकारले फेरि लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना सं’क्र’मि’तको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्र’तिब’न्ध लगाएको थियो ।

लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना सं’क्र’मि’तको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् । सरकारी अधिकारी भने अब पहिले जस्तो लकडाउन नहुने बताउँछन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन् । कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने गरी अहिले काम भइरहेको उनी बताउँछन् ।

केन्द्र सरकारले कोरोनासँगको लडाइँमा अब प्रदेश सरकारलाई अग्रभागमा सारेको समेत पाइएको छ । यसअघि केन्द्र सरकारले लकडाउन घोषणा गरेकामा अब प्रदेश सरकारलाई जिम्मेवार बनाउने र सम्बन्धित जिल्ला वा पालिकालाई सिल गर्ने जिम्मा प्रदेश सरकारलाई सुम्पेको छ । गत ४ असारमा बसेको कोभिड–१९ सं’कट व्यवस्थापन केन्द्र (सिसिएमी)को बैठकले कोरोनाको सं’क्र’म’ण फैलँदै गएमा सम्बन्धित जिल्ला वा पालिका सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको हो । सिसिएमसी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रदेशले त्यसरी जिल्ला वा पालिका सिल गराउँदा सिसिएसीलाई जानकारी गराएर गराउन सक्नेछ ।

केन्द्र सरकारले अब कोरोनासँगको लडाइँमा आफ्नो भन्दा पनि प्रदेशको नेतृत्वलाई अगाडि सार्न खोजेको हो । ४ असारको सिसिएमी बैठकले अब देशभरका क्वारेन्टिनको अनुगमन तथा सहजीकरणको काम प्रदेशलाई दिँदै क्वारेन्टिन सुधारका लागि स्थानीय तहका लागि ३५ करोड प्रदेश सरकारमार्फत दिने निर्णयसमेत गरिसकेको छ । उक्त निर्णय गर्नुपूर्व सिसिएमीले गत बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेको थियो । जनताको दैनिक जीवन सहज बनाउन लकडाउन खुकुलो बनाउँदै सरकारले यसअघिको रणनीति परिवर्तन गरे पनि पछिल्लो दिनमा ५ सयका हाराहारीमा संक्रमित बढ्न थालेसँगै त्रास पनि फैलिएको छ । राजधानी दैनिकबाट

Related Articles

Back to top button
Close