समाचार

हाछ्युँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको बताएका छन् ।राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै पन्थले यस्तो बताएका हुन् । बैठकमा उनले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्‍न समेत गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीका सल्लाहकारहरूले उनलाई भ्रममा पारेको बताए । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरूले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको उनको भनाई छ ।

उनले ‘कसले झुटो कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पारे ? पुष्टि नभएका खबर कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाँच्छ्यु साँच्छ्यु गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।

Related Articles

Back to top button
Close