समाचार

लकडाउनको समयमा गाडीको किस्ता तिर्न नसकेपछि एक युवकले नदीमा हा’म फा’ले

काठमाडौं । लकडाउनको समयमा किस्ता तिर्न नसक्दा कम्पनीले गाडी नियन्त्रणमा लिएको दुई दिनपछि एक युवकले मनोहरा खोलामा हा’म फा’लेका छन्। सिप्रदी ट्रेडिङ कम्पनीले लकडाउनको अ’वधिको किस्ता न’तिरेको भन्दै गाडी नियन्त्रण लिएपछि त’नावमा रहेका युवकले सोमबार मनोहरा खोलामा हा’मफालेका हुन्। रामेछापको मन्थली–३ घर भएका ३४ वर्षीय सानुबहादुर कार्कीको श’व मंगलबार बिहान सवा १० बजे भेटिएको छ। उनले दुई वर्ष अगाडि सिप्रदी ट्रेडिङ कम्पनीबाट कि’स्तामा पैसा तिर्ने गरी गाडी ख’रिद गरेका थिए।

सामान्य मर्मतका लागि रामेछापबाट गाडी ल्याएर शुक्रबार नैकापस्थित कम्पनीको ग्या’रेजमा गाडी राखेको र आइतबार गाडी बनेपछि कम्पनीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतको दा’बी छ। लकडाउनमा गाडी च’लाउन नमिलेपछि मर्मतका लागि कम्पनीमा लगेको अवस्थामा बा ५ ख २८४४ नम्बरको उनको गाडी कम्पनीले राखेको हो। ‘दुः’ख गरेर किनेको गाडी थोरै किस्ता बाँकी हुँदा कम्पनीले नियन्त्रणमा लिएको भन्दै उहाँ दुःखी हुनुहुन्थ्यो’, उनका गाउँले प्रदिप रोकाले भने, ‘कम्पनीले गाडी लगेपछि उहाँ मा’नसिक रुपमा वि’क्षिप्त हुनुहुन्थ्यो।’

रोकाका अनुसार कम्पनीले लकडाउन अगाडिको तीन र लकडाउन अवधिको चार गरेर एकैपटक सात किस्ता तिर्न द’बाब दिएको थियो। उनले तत्काल ५० हजारको चे’क दिने र विस्तारै किस्ता हा’ल्ने बताउँदा बताउँदै कम्पनीले गाडी नियन्त्रणमा लिएपछि उनी त’नावमा भएको प्रदिपले सुनाए। काठमाडौँको जडिबुटीमा बस्ने उनले सोमबार बिहान १० बजे मनोहरा नदीमा हा’मफा’लेको उनका आ’फन्तले बताए। सरकारले नै लकडाउनको अवधिको किस्ता नलिन आ’ह्वान गरेको अवस्थामा मजदुरको गाडी खो’सिएको र त्यही त’नावले ज्यान गएको भन्दै का’नुनी उपचारको बाटो खो’जिने अखिल नेपाल यातायात म’जदुर सं’घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिपक केसीले बताए। अन्नपुर्ण पोष्ट

Related Articles

Back to top button
Close