समाचार

५० नाघेका ४ जनाले १३ बर्षिया बालिकाको याै’न शो’षण, ग’र्भवती भएपछि खुल्यो रहस्य

धनकुटामा प्रतिष्ठित व्यक्तिले नै एक बालिकाको यौ’न शो’षण गरिरहेको रह’स्य खुलेको छ । धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारी, धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर ललाईफकाई गरी यौ’न शो’षण गर्दै आएको पुर्बेली न्युजले खबर छापेको छ ।अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । श्रेष्ठले सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन् । अत्री स्थानीय व्यवसायी हुन् ।

उनीहरुले लामो समयदेखि ती बालिकालाई ललाईफकाई गर्दै यौ’न शोष’ण गर्ने गरेका थिए । तर, ती बालिका ग’र्भवती भएपछि मात्रै चार जनाले बालिकालाई यौ’न शो’षण गर्ने गरेको रहस्य खुलेको हो । बालिकामाथि यौ’न शो’षणको आरो’प लागेका चार जना नै ५० वर्षमाथिका हुन् । उनीहरुले सो घ’टना लुकाउन आफुहरुले बन्ध्या’करण गरिसकेको बताउने गरेका छन् ।

रिव परिवारकी सार्की समुदायकी ती बालिकालाई युवतीलाई उनीहरुले लामो समयदेखि ल’लाईफकाई यौ’न शो’षण गर्दै आएपनि कसैलाई थाहा थिएन । बालिकाको पेट बढ्दै गएपछि स्थानीयले सोधपुछ गर्दा उनी ग’र्भवती भएको खुलेको थियो । सो लगत्तै स्थानीयले प्रहरीमा उजुरी दिन खोजको भए पनि पीडकहरुले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन द’वाव दिँदै आएका थिए ।

आ’रोपित चार जनाले नै बिहीबार दिउँसोसम्म पी’डित बालिकाका बुवालाई प्रति व्यक्ति ३ लाखका दरले उपलब्ध गराउने गरी मिलापत्रको प्रयास गरिरहेको स्थानीयका भनाई छ । चारै जना पहुँचवाला भएका कारण स्थानीयले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकेका छैनन् । लामो समयको प्रयासपछि बिहीबार बालिकाको जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँच गरिएको स्थानीय मणी राई बताउँछन् । स्वास्थ्य जाँचका क्रममा बालिका ग’र्भवती भएको प्रमाणित भएपछि आ’रोपित चारै जनाविरुद्ध मु’द्दा गराउने तयारीमा छन् ।

Related Articles

Back to top button
Close