समाचार

पहिरो हटाइरहेका बेला फेरि अचानक पहिरो खस्दा पाल्पामा २ जनाको मृत्यु, पुरिए कारसहित चार सवारी (अपडेट)

बुटवल-गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका-११ सम्मवारीमा सोमबार दिउँसो ४ सवारी साधन पहिरोमा पुरिएका छन्। पहिरोमा सवारी पुरिँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ।घटनास्थलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। एकजना व्यक्तिलाई गम्भीर अवस्थामा उद्दार गरिएको छ। मृतकहरुको पहिचान खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्दारमा खटिएका छन् ।

रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो।अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको घटनास्थलमा रहेका सुमन कुँवरले सेतोपाटीलाई बताए।

घटनास्थलका प्रत्यक्षदशीका अनुसार ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकले माटोले पुरिएका छन्।

Related Articles

Back to top button
Close