समाचार

विदेशी महिलाको राजनीति अधिकार खोस्न पाइदैन, यो स्वीकार्य योग्य छैन : विमलेन्द्र निधि

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विवाह गरेर आउने विदेशी महिलाको राजनीति अधिकार खोस्न नपाइने बताएका छन् ।निधिले सोमबार बिहान ट्वीट गर्दै वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न नपाइने बताएका हुन् । बिहे गरेर नेपाल आयोन भारतीय महिलालाई तत्काल अंगीकृत नागरिकता दिनुपर्ने घुमाउरो भाषामा माग गरेका छन् ।

उनले भारतीय महिलाहरूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्नै नहुने आफ्नो ट्वीटमा आशय व्यक्त गरेका हुन् । ‘वर्षौंदेखि कानून सम्मत ढंगले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानून सामाजिक, साँस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्थाको विपरीत नै हो’, निधिले भनेका छन् ।‘नेकपा सरकारको यो कदम प्रतिगामी हो’, उनले भने, ‘अन्तर्ध्वंसी हो, राष्ट्रियहत विपरीत हो । यो स्वीकार्य योग्य छैन ।’

मन्त्रीले काम पाएनन्, बने स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथी-विराटनगर– कम्युनिस्ट मन्त्रीले काम नपाउँदा प्रदेश १ का जनता वाक्क दिक्क बनेका छन्। कोरोना महामारी नियन्त्रणमा खटिनुपर्ने बेला तालुकदार मन्त्रालयका मन्त्री नै बरालिँदा जनताले के सोच्लान् ?

तर, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस्तै हर्कत गरेका छन्। उनी स्कुल बिक्री गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका छन् ।शनिबार युनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गर्दै आएको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) न्युरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री घिमिरेले भाषण पनि गरेका थिए ।

मन्त्रीलाई साक्षी राखेर लर्डबुद्ध स्कुल सञ्चालन गरिरहेको युनिभर्सल लर्ड बुद्धका अध्यक्ष नितिनचन्द्र गजुरेलले स्कुलको सम्पूर्ण स्वामित्व न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल सञ्चालक डाक्टर वीरेन्द्र विष्टलाई हस्तान्तरण गरे । स्कुल बिक्री कार्यक्रमको मन्त्री पुरा समय बसेका थिए।

Related Articles

Back to top button
Close