समाचार

साउनदेखि पुनः पूर्ण लकडाउन हुने भएको हो ? यस्तो छ नालीबेली !

काठमाडौं – झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरूसँग छलफल गरिरहेको छ ।विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आशंका जन्मिएको हो ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो ।नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्णलकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ ।

आफ्नै पार्टी विरुद्ध जंगिए मातृका यादव, के हो कारण?काठमाडौं– आफ्नै पार्टीको निर्णय विरुद्ध पूवमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य मातृका यादव उत्रिएका छन्। उनले अंगीकृत नागरिकतासम्बन्धी पार्टीले लिएको पछिल्लो निर्णयप्रति असहमति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘हाम्रो पार्टी नेकपाको सचिवालयले गरेको निर्णयप्रति पूर्ण असहमति छ ।उक्त सातवर्षे प्रावधानले सात वर्षसम्म राज्यविहीन बनाउँदै राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ ।

यसप्रकारका निर्णयले मधेसी समुदाय मात्र नभई समग्र महिलाको पनि प्रगति, विकास र समृद्धिमा ठूलो कुठाराघात हुने देखिन्छ ।’ उनले भनेका छन्, ‘सिमानामा बस्ने नेपालीहरुले भारतीयसँग व्यापक रुपमा वैवाहिक सम्बन्ध गाँस्ने गरेकाले उक्त ७ वर्षे प्रावधानले नेपाली बुहारीहरुलाई ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र साँस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ ।

’ नेकपा सचिवालयको शनिबारको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिन उपयुक्त हुने निर्णय लिएको थियो ।

Related Articles

Back to top button
Close